Skin_Hospital_Dhn

अव्यवस्थित सुकुम्वासीहरूको जग्गा नापजाँचको काम सुरु

कञ्चनपुर ।
कृष्णपुर नगरपालिकाले जग्गा नापजाँचको कार्यलाई तीव्रता दिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूको जग्गा नापजाँचको काम सुरु गरिएको हो ।

नगरपालिकाको वडा नम्बर ३ को चित्रपुर चोकदेखि जग्गा नापजाँचको काम सुरु गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताएका छन् । मेयर ओझाका अनुसार एक महिनाभित्रै जग्गा नापजाँच गरिसक्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाको भूमि एकाइमार्फत हाल वडा नम्बर १, २, ४ र ९ मा नयाँ नापी र वडा नम्बर ७ र ८ मा अधुरा अपूरा (सेतो पुर्जावाला) जग्गा नाप जाँचको काम भइरहेको ओझाले बताएका छन् ।

सम्बन्धित
Loading...