

धनगढीः सेती प्रादेशिक अस्पतालमा हिजो (सोमवार) ६३औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । अस्पतालमा औपचारिक कार्यक्रम आयोजना गरेर राष्ट्रिय नर्सिङ दिवस मनाइएको हो ।
‘जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ ६३औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालको मेडिकल वार्डमा रहेका ४० जना बिरामीलाई फलफूल वितरण गरिएको अस्पतालकी नर्सिङ प्रशासक शान्ति बुडालले बताइन् । उक्त अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, विभागीय प्रमुखहरू, नर्सिङ स्टाफहरूको उपस्थितिमा दिवस सम्पन्न भएको उनले बताइन् ।
