
डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा जिल्लाका कार्यालयमा छड्के अनुगमन गरिएको हो।

प्रशासनले १५ कार्यालमा छड्के अनुगमन गरेकोमा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जसमा १५ जना अधिकृतस्तरका कर्मचारी रहेका छन्।

अनुपस्थित कर्मचारी अनुपस्थित हुनुको कारण खुलाएर जानकारी दिन र स्पष्टीकरण पेस गर्न प्रशासनले निर्देशनसमेत दिएको छ।
