Skin_Hospital_Dhn

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउँदविरुद्ध उजुरी

धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ। ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध उजुरी दिएका हुन्।

मन्त्री साउँदले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएको छ।

‘आछमको रामारोशन गाउँपालिका वडा नं. ६ वस्ने वीरबहादुर साउदको छोरा वर्ष ४३ को झपटबहादुर साउदले मबाट विभिन्न मितिमा साह्रै समस्या छ ऋण सापटी लिएको थिए। निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई दिएनन्। फिर्ता माग्न खोज्दा अनेक बहाना पारी आलटाल गर्ने तथा उल्टै मार्ने धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षासमेत गरि पाउँन यो निवेदन पेश गरेको छुु’, बोहोराले उजुरीमा भनेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले मन्त्री साउँदविरुद्ध उजुरी आएको पुष्टि गरे। मन्त्री साउँदले भने उजुरी आएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। बोहरासँग आफ्नो कारोबार नै नभएको उनको दाबी छ।

सम्बन्धित
Loading...