Skin_Hospital_Dhn

कैलालीमा पनि सुरु भयो ‘समुदायमा कांग्रेस’ अभियान

धनगढीः कैलालीमा पनि आज मंगलबारदेखि नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सुरु भएको छ। धनगढी उपमहानगरपालिका–२ स्थित शारदा माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै अभियानको शुभारम्भ गरिएको हो।

समुदायमा कांग्रेस अभियानको शुभारम्भमा नेपाली कांग्रेस वडा नम्बर २ को कार्यसमितिले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो। सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु) ले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए। विद्यालयका २ सय ८८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

सम्बन्धित
Loading...