Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले मन्त्रपरिषद् हेरफेर गर्ने बारेमा सबैसँग आन्तरिक छलफल गर्न लागेको बुझिएको छ ।

स्रोतले भन्यो, ‘यसमा कोशी प्रदेशमा कांग्रेसले गरेको अन्तरघातको सामान्य छलफल हुन्छ ।’

प्रधानमन्त्रीले पुस १० गते नै मन्त्रपरिषद् हेरफेर गर्ने बताएका थिए । तर कांग्रेसको असहमती पनि उनले त्यो काम गर्न सकेका छैनन् ।

आजको बैठक अनौपचारिक हो । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक आज साँझ बोलाइएको छ ।

सम्बन्धित
Loading...