Skin_Hospital_Dhn

बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता नन्दराज जोशीले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो सिल्लेगडा बजारबाट कालागोरागाउँ जाँदै गरेको सुप्र ०१०० ज १५३७ नम्बरको बोलेरो जिप दोगडाकेदार–१ कटौजपानीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। घाइते हुनेमा कालागाउँका ५० वर्षीय वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ४० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट, १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिप चालक भूपेन्द्र विष्ट रहेका छन्।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...