Skin_Hospital_Dhn

डिआइजी अशोक सिंहले आफ्नो कमान्ड सम्हाले संगै सुरु गरे अनुगमन तथा निरीक्षण

 

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो कमान्ड सम्हाले लगतै अनुगमन तथा निरीक्षण कार्य सुरु गरेका छन्।

 

डिआइजी सिंहले कार्यालयहरूको भौतिक पूर्वाधारहरूको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरूबाट सम्पादित कार्यहरू र अभिलेख व्यवस्थापनको निरीक्षण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पालले कार्यालय तथा समग्र जिल्लाको वस्तुस्थिति सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

 

प्रहरी नायव महानिरीक्षक अशोक सिंहले कार्यालय तथा मातहत समेतमा कार्यरत कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरूलाई विभागीय आवश्यक निर्देशन समेत दिएका छन् ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले बुधवारबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका हुन् ।

 

प्रहरी प्रधान कार्यालयले डिआइजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको हो । उनी यसअघि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जमा कार्यरत थिए ।
सम्बन्धित
Loading...