
धनगढीः कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको मंगलबार दिउँसो मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।

नवीन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको प्रहरीले बताएको छ। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई ठक्कर दिन गाडी र चालक गोदावरी नगरपालिका–२ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
