Skin_Hospital_Dhn

कैलालीमा भारतबाट भन्सार छली ल्याएका सामानसहित एक जना पक्राउ

धनगढी: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याएका सामानसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका-८ देउराली चोकबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामानसहित धनिराम चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार देउराली चोकबाट अन्दाजी १३,०२,४०० रुपैयाँ मूल्य बराबरको चिनी, बिडी र सु.प.प्र. ०१००२ च ३९५७ नम्बरको गाडी सहित चालक जानकी गाउँपालिका-२ बस्ने २६ वर्षी धनिरामलाई आज (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...