
धनगढीः जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम (शाही)लाई कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो।

जिल्लाको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी बम मंगलबार अदालतमा हाजिर भएकी थिइन्। जिल्ला अदालत अछामले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार शंकर प्रसाद अधिकारीले बताए। उनकाअनुसार उनको थप बयान लगाएतको प्रक्रियासमेत बाँकी छ।

विनोद हत्यार आरोमा उनीसँगै पाँच जना आरोपीतहरू पनि कारागारमा रहेका छन्। सजनबहादुर शाही भने धरौटीमा छुटेका छन्। स्थानीय तहको निर्वाचनका क्रममा विनायकका १५ वर्षीय विनोद शाहीको अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
प्रहरीले आरोपीतहरूलाई अदालतमा हाजिर गराएको हो। २०७९ जेठ १६ गते विनोदको स्थानीय युवाहरूसँग झगडा भएको थियो। उनको शव जेठ २१ गते भिरमा फेला परेको थियो।
