
काठमाडौँः संघीय संसद र प्रतिनिधि सभा अन्तर्गतका दुईवटा विषयगत समितिको बैठक आज बस्दै छ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जानकारि दिएको छ ।
