Skin_Hospital_Dhn

पचुइ क्षेत्रको उखु बारिमा पसेको बाघ नभेटिएपछी वनको टोली फिर्ता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रको उखु बारिमा पसेको बाघ नभेटिएपछी वनको टोली फिर्ता आएको छ । पचुइ क्षेत्रमा बाघ उखु बारिमा पसेको खबरपछि खोजी गरिरहेको वनको टोली फिर्ता आएको हो ।

हिजो (मंगलवार) दिउँसो स्थानीय अनिल चौधरीले पचुइ स्थित जगन्नाथ मन्दिर आसपासमा उखु लोड गरिरहेको बेला बाघ देखेपछी गाउमा त्रास फैलिएको थियो । सव डिभिजन वन कार्यालय पचगडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेरहेका थिए।

बाघ भएको बाघ आएको कुनै ठोस प्रमाण नभेटिएपछी वनकर्मी फिर्ता आएको सव डिभिजन बन कार्यालय पचगडिया का प्रमुख दिनेश कुमार यादवले बताए । पचुइमा गत बैशाख–९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएपछि स्थानीय बाघ पसेको खबरले निकै त्रसित भएका थिए ।

सम्बन्धित
Loading...