Skin_Hospital_Dhn

दश किलो गाँजासहित एक जना पक्राउ

बाराः बारामा दश किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुरका २७ वर्षका पवन गिरी गाँजासहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको प्रहरीले जानकारि दिएको छ ।

सम्बन्धित
Loading...