
बझाङः बझाङमा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन् ।

मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए । जयभान र उनकी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन् । राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए ।

जेठी आमा घरको कामले बाहिरी गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ। कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको छ ।
