

बाजुराः चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ का ८४ बर्षका दलबहादुर बुढाको हिजो (बुधवार) राति चट्याङ लागेर मृत्यु भएको हो ।
राति घरमा चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
