
काठमाडौंः अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल ९फिन० को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याए ।
अर्थमन्त्री महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने–“तमाम निर्यात व्यवसायी साथीहरूको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको छ” मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरू सबै जायज मागहरू रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए ।


त्यस्तै, उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको प्रस्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गरेका थिए । महतले नेपाली उत्पादनहरू उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिएका थिए ।
उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएसनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्र कुमार अग्रवाल, त्यसै गरी नेपाल ह्याण्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएसनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसोसिएसनबाट श्याम लिम्बु, अर्ग्यानिक एसोसिएसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एसोसिएसन नेपालबाट अमिर प्रताप जंग राना, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एसोसिएसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल रहेका थिए ।
सोही अवसर माझ निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरिएको थियो ।
फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदूतहरू अतिथिका रूपमा कार्यक्रममा सहभागी रहेका थिए ।
