
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १४२० रुपैयाँ कारोबार भएको थियो ।
