
कञ्चनपुरः प्रहरीले कञ्चनपुरमा भन्सार छलीको सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय नजिकबाट भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार अन्दाजी १ लाख ९ हजार १ सय ४० रुपैयाँ बराबरका हार्डवेयरका सामान, नल्का, जुत्ता, चप्पल, पोल्थिन, चिनी, दाल लगायतका सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सामान फेला पारी जफत गरेको हो ।

जफत गरेको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
