Skin_Hospital_Dhn

नेप्से परिसूचक ३१.७६ अंकले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः सेयर बजार मापक नेप्से परिसूचक ३१.७६ अंकले घटेको छ । आज (बिहीबार) ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको हो ।

यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सम्बन्धित
Loading...