Skin_Hospital_Dhn

नेपाल चिकित्सक संघ सुदूरपश्चिमको अध्यक्षमा डा भट्ट

धनगढीः नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डा खगेन्द्रराज भट्ट चयन भएका छन्। संघको अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको हो।

संघको उपाध्यक्षमा डा नरबहादुर मौनी, सचिवमा डा मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा जगदीशचन्द्र विष्ट र डा जोन्स तिवारी सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यमा डा विजयविक्रम बम, डा चेतराज भट्ट, डा गणेश फुलारा, डा मोहन नाथ र डा समयक शाक्य सर्वसम्मत चयन भएका छन्।

सम्बन्धित
Loading...