Skin_Hospital_Dhn

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढीः बझाङ सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गअन्तर्गत जयपृथ्वी नगरपालिका–७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

आज बिहीबार दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताइएको छ। अहिले पहिरो पन्छ्याउन जेसीबी परिचालन गरिएको भएपनि पहिरो ठूलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन।

सम्बन्धित
Loading...