
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरबाट नसिब राना र बिजय राना लागुऔषधसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–७ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय रानालाई ०.८१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि हिजो (बिहीबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले खान तलासी गर्दा नसिब रानाको घरबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ सहित दुवै जनालाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
