Skin_Hospital_Dhn

बाजुराका लागि हिँडेको बस र टिपर ठोक्किँदा १७ जना घाइते

काठमाडौंः नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट बाजुराका लागि हिँडेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल–४ मा ठोक्किएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा सो दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार घाइतेहरूमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...