अपहरणपछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ

जनकपुर ।
भारतको विहार घुमन गएको बेला जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको शव माटोमा गाडेको अवस्थामा आज (आइतबार) बिहान साढे २ बजे भारतीय प्रहरीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खतिवडाले रोहित र विष्णुको अपहरण गरी फिरौती नदिएपछि डोरीले घाँटी थिचेर हत्यारा गरेको अवस्थामा भारतीय प्रहरीले शव फेला पारेको जानकारी दिए ।

रोहित र विष्णु पुस २७ गते भारत घुम्न गएको बेला अपरणमा परेका थिय। त्यसपछि अपहरणकारीले उहाँहरू दुवै जनाको परिवारसँग १० लाख रुपियाँ माग गरेका थिए । यसबारे परिवारले पुस २९ गते प्रहरीलाई मौखिक जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अपहरणमा परेका युवाका परिवारले प्रहरीलाई मौखिक जानकारी दिएपछि भारतीय प्रहरीसँगको समन्वयमा रोहित र विष्णु को शव भारतको सितामढी जिल्लाको बेला पर्सा थाना क्षेत्रमा माटोमा गाडिएको अवस्थामा फेला परेको बताए ।

विष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएको बेलामा अपहरणमा परेका थिए । मृतक विष्णुका परिवारलाई अपहरणकारीले मोबाइलमा फोन गरी फिरौतीको माग भइरहेको विषयमा धनुषा प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि सीमा क्षेत्रका प्रहरीसँग समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको कमाण्डमा मधेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितको टोली घटना क्षेत्रमा परिचालित भएका थिए ।

बरामद शव पोष्टमार्टमका लागि भारतको विहार राज्यको सीतामढीस्थित सदर अस्पताल लगिएको छ । साथै मृतमका आफन्त पनि सो ठाउँमा पुगी शवको सनाखत गर्ने काम भएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

यसैबीच अपहरण तथा हत्याको अनुसन्धानको क्रममा भारतीय प्रहरीले तीन र नेपाल प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक खतिवडाले दिए ।

नेपाल प्रहरीले महोत्तरी जिल्ला मनरासिसवा वडा नं.२ घर भएका वर्ष २४ का किसानकुमार पण्डित र वर्ष २४ का मुकेश पासवानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोरखापत्रबाट साभार

सम्बन्धित
Loading...