Skin_Hospital_Dhn

कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । जिल्लाको
बेलौरी ननगरपालिका–८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामानसहित बेलौरी १० सडकघाँटका २७ वर्षीय हुकुमदास चौधरीलाइ प्रहरीले हिजो (बिहीवार) पक्राउ गरेको हो ।

प्रहरी गस्ती टोलीले उनको साथबाट ३२ हजार ४ सय मूल्यको चकलेट, पोलिथिन लगायत मोटरसाईकल थान–१ बरामद गरेको हो ।

यस्तै, भीमदत्त नगरपालिका–१० बिधुत कार्यालय अगाडी र भीमदत्त–११ चौकीसत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लख ९ हजार १ सय ४० मूल्य बराबरको हार्डवेयरका सामान, चप्पल, चिनी, दाल, मिश्री लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाइको छ ।

सम्बन्धित
Loading...