
एजेन्सीः इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको हो ।

साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले मियामीलाई ६–० गोल अन्तरले हराएको हो । अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।

मेसी र रोनाल्डोबीचको रोमान्चक भिडन्त हेर्ने दर्शकहरूको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले खेलेनन् । मेसी पनि अन्तिम सात मिनेट मात्र मैदान प्रवेश गरेका थिए ।
