Skin_Hospital_Dhn

आगलागीमा परेर स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु

काठमाडौंः स्कटल्यान्डको एबर्डिनमा दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ । हाल एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराकी करिब २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको हो ।

मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो ।

आगलागी भएको थाहा पाउनेबित्तिकै हतार हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए ।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको बताइएको छ ।

सम्बन्धित
Loading...