Skin_Hospital_Dhn

बन्दुक र गोलीसहित एक जना पक्राउ, सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा

सप्तरीः सप्तरीबाट बन्दुक र गोलीसहित एक जना पक्राउ परेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित कोशी बाँधछेउमा प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित जंगली जनावरको सिकार गरिरहेका राजविराज–५ का शैलेशकुमार झालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको छ । थप बुझ्ने कार्य भइरहेकै प्रहरीले जानकारि दिएको छ ।

सम्बन्धित
Loading...