Skin_Hospital_Dhn

१० किलो गाँजासहित एक जना पक्राउ

हेटौंडाः करिब १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट गाँजासहित सर्लाही बागमती नगरपालिका–१२ बस्ने १९ वर्षीय निशान गोलेलाई हिजो (बिहीबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै, बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...