
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट सोही ठाँउ बस्ने २८ वर्याीय दिनेश बिक, १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका–१ घर भई हाल धनगढी उपमहानगरपालिका–१ एल एन चोक बस्ने २१ वर्षीय समिर सुनार शुक्रवार राति पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४०० मिलिग्राम चरेसस फेला पारी तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
