
धनगढीः कैलालीमा दुई जना फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका हुन् ।

बझाङको छब्बिसपाथिभेरा गाउँपालिका–६ बस्ने २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने हिजो (शुक्रवार) दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ परेका हुन् ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कृते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८० असार १७ गते ६ महिना कैद सजाय र ११ हजार जरिवाना तोकिई फैसला सुनाएपछि दुबै जना फरार रहेका थिए ।
