Skin_Hospital_Dhn

इराक र सिरियामा अमेरिकाको आक्रमण गर्यो, ६ जनाको मृत्यु

इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा अमेरिकी सेनाले आक्रमण शुरु गरेको छ । आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही शुरु गरेको हो ।

जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए । केही घाइते भएका थिए ।त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिने प्रतिक्रिया दिएको थियो । साथै अमेरिकी संसदको प्रतिपक्षी दल रिपब्लिकन पार्टीले इरानमै आक्रमण गर्न सरकारलाई दबाब दिएको थियो । अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको एजेन्सीले जनाएका छन् । आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको बताइएको छ ।

सम्बन्धित
Loading...