
सुनसरी: सुनसरीमा गेटले किचेर एक बालकको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–८मा गेटले किचेर बालकको मृत्यु भएको हो।

कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहीबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट ढलेर किचेपछि गम्भीर घाइते भएका थिए।

उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
