
काठमाडौंः भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको शुक्रबार निधन भएको खबर संसारभर फैलियो। पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा उनको निधन भएको जनाइएको थियो।
उक्त पोष्टमा लेखिएको थियो, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ। उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं।’


तर शनिबारले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन्। भिडिओ सन्देश पोस्ट गर्दै उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर) बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको बताएकी छिन्।
विवादास्पद क्रियाकलापको कारण यसअघि पनि उनी पटकपटक चर्चामा आउने उनले फेरि दुनियाँलाई बेवकुफ बनाएकी छिन्। पुनमले दुईवटा भिडिओ पोस्ट गर्दै आफू नमरेको बताएकी छन्। हिजो उनकै इन्स्टाग्राममार्फत मृत्यु भएको बताइएको थियो।
