पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना

काठमाडौँ ।

हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्नेछ । महाशाखाका अनुसार आज दिउँसोसम्म मौसम सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यता मौसमविद् विनोद पोखरेलले ​भने आज (सोमबार) रातिदेखि पानी पर्ने सम्भावना रहेको बताए । पश्चिम नेपालबाट वर्षा सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए ।

सम्बन्धित
Loading...