Skin_Hospital_Dhn

म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित

गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ । इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले ३—२ गोलको पुनरागमन जित निकालेको हो।

खेलको १७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, २४ औं मिनेटमा ग्रानिस साकाको पासमा एड्डि एनकेटिआले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । तर, ५९ औं मिनेटमा युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए । आर्सनल जितमा निर्णायक गोल ९० ‍‍औं मिनेटमा एनकेिटआले गरे।

जितसँगै आर्सनलले शीर्षस्थानको वर्चस्वलाई कायम राख्न सफल भएको छ । आर्सनलले १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानको म्यानचेस्टर सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । युनाइटेड २० खेलबाट ३९ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

सम्बन्धित
Loading...