Skin_Hospital_Dhn

बझाङमा बाघको आक्रमणबाट ११ बाख्रा मारे

धनगढीः बझाङमा बाघको आक्रमणबाट ११ बाख्रा मारेका छन् । जिल्लाको थलारा गाउँपालिका–२ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मारेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ । शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको हो । उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्।

अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको बताइएको छ ।

सम्बन्धित
Loading...