अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । यस्तै गोली प्रहारबाट कम्तीमा अरु १० जना घाइते भएका छन् ।

Gaurishankar Dental

लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको बताइएको छ ।

एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...