
काठमाडौँः नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दै छ । हिजो (शनिवार)बाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठक आज समापन हुन लागेको हो ।

बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनेछन् ।

संसद्मा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।
