Skin_Hospital_Dhn

साढे ४ किलो चरेससहित बासु पक्राउ, लैजाँदै थिइन् भारत

कपिलवस्तुः साढे ४ किलोग्राम चरेससहित एक महिला पक्राउ परेकी छन्। प्युठान गौमुखी गाउँपालिका–३ की ३८ वर्षीय बासु घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले शनिबार पक्राउ गरेको हो ।

उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेससहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए। घर्तीले झोलामा ९ वटा पोका बनाएर चरेस भारत लैजाँदै गरेकी थिइन्।

सम्बन्धित
Loading...