
डडेल्धुराः डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजार डेरा गरी बस्ने ६५ वर्षीय पुरुष मृत फेला परेका हुन्।

राई थर भएका र इलाम घर बताउने पुरुष भात्काँडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।
