Skin_Hospital_Dhn

डोटीमा भालुले घाँस काटिरहेकी महिलालाई आक्रमण गरी घाइते बनायो

डोटीः जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सीताराम विष्टले बताए। उनका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

सम्बन्धित
Loading...