Skin_Hospital_Dhn

कैलालीमा एक किलो चरेशसहित बझाङका एक जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन् ।

बोहरालाई सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेस बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले चलाएको सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा फेला पारि पक्राउ गरेको हो ।

बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...