Skin_Hospital_Dhn

बाजुराकी एक सुत्केरीको मृत्यु, दुई शिशुको पनि जोगिएन ज्यान

बाजुरा: बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ की २८ वर्षीया सुकिली सार्कीको मृत्यु भएको हो।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याइएकी उनको अप्रेसन गरेर मृत अवस्थाका दुई बच्चा निकालिएको थियो। आइतबार बिहान सुकिलीको पनि उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै रिफर गरिएपछि सुकिलीलाई राष्ट्रपति उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको थियो। सुकिलीका २ सन्तान छन्।

सम्बन्धित
Loading...