Skin_Hospital_Dhn

लागूऔषधसहित कैलालीमा तीन जना पक्राउ

धनगढीः लागूऔषधसहित कैलालीमा तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट सोही ठाँउ बस्ने २८ वर्षीय बिपिन मल्ल र धनगढी-३ का ३२ वर्षीय रुपेश बि।क। आईतवार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकलको डिग्गीमा लुकाई राखेको अवस्थामा ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेलापारी मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको हो ।

यस्तै, जानकी गाउँपालिका-१ मिलनचोकबाट सोही ठाँउ बस्ने २४ वर्षीय पदम खत्रीपनि आईतवार दिउँसो पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारी खत्रीलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...