Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय निर्मलकुमार सुनार र पुनर्वास नगरपालिका-७ बस्ने ३० वर्षीय बलराम सुनार आईतवार साँझ पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा अबैध कोडिन नामक १०० एमएलको ५ बोतल लागूऔषधसहित फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...