Skin_Hospital_Dhn

डडेल्धुरामा निसासिएर सासुबुहारीको मृत्यु

डडेल्धुराः डडेल्धुरामा निसासिएर सासुबुहारीको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र धौलीदेवीकी २६ वर्षीया बुहारी पुनम दियालको निसासिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको हो । बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको नायकले बताए । उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...