Skin_Hospital_Dhn

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (आइतबार) छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १३९५ रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित
Loading...