

कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको जीप बरामद गरिएको छ । जिल्लाको बेदकोट नगरपालिका–५ घुर्सुवा खोलाबाट यूपी १४ बीएम ४७८६ नम्बरको भारतीय जीप हिजो (आइतवार) बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार बेवारीसे अवस्थामा फेला परेको १५ लाख बराबरको उक्त जीप आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गडुडा चौकी पठाइएको छ ।
